मेम्बरशिप मोडेल मा SRIYOG (Membership Model of SRIYOG)
बि. स. १९ जेठ २०८१, तदनुसार ई. स. १ जुन २०२४, शनिबार, बिराटनगर
सीप भएका दक्ष जनशक्तीहरुको प्रोफाइलिङ गरि काम गर्ने र गराउने व्यक्तीहरु बिच सोझै सम्पर्क स्थापित गर्न सन २०१८ मा कम्पनी रजिष्ट्रारको कार्यालय अन्तर्गत दर्ता भएको SRIYOG डिजिटल प्लेटफर्मले छोटो समयमा नै हजारौं प्रयोगकर्ताहरुलाई सजिलो र छरितो माध्यमबाट काम गर्ने अवसर प्रदान गर्दै आएको छ ।
डिजिटल कनेक्टिभिटीको माध्यमबाट बेरोजगारी समस्या समाधान गर्न SRIYOG स्टार्टअप मोडेलमा सञ्चालनमा आएको हो ।

गुगल प्ले स्टोरमा १ लाख भन्दा बढी डाउनलोड भएको SRIYOG एप अहिले झन उत्कृष्ट सेवा प्रदान गर्ने नयाँ भर्सनमा अपडेट भएको छ ।
६ मार्च २०२४ मा Microsoft for Startups मा भेरिफाई भएको SRIYOG ले Azure लगायतका सेवाहरूमा $125,000 को क्रेडिट सुविधा प्राप्त गरेको छ ।
नेपालकै सबैभन्दा ठूलो प्रविधिक सेवा नेटवर्कको रूपमा SRIYOG एप बहुउपयोगी भएको छ ।

SRIYOG सीपयुक्त जनशक्तिलाई डिजिटल प्रोफाइलिङ गरेर काम दिन बनाइएको खुला प्लेटफर्म हो ।
Play Store मा एक लाखभन्दा बढी डाउनलोड भएको यो एप एप्पल स्टोरमा २०२४ सेप्टेम्बर भित्र ल्याउने योजना रहेको छ ।
No Middleman Concept अनुसार आम्दानीको १००% कामदारलाई प्रदान गर्ने लक्ष्य रहेको छ ।
हाल एपमा २९,९०० प्रयोगकर्ता तथा अन्य ५५ हजार प्राविधिक रहेको छ ।
IME Pay को माध्यमबाट मेम्बरशिप फी तिर्न सकिने सुविधा ८ फेब्रुअरी २०२३ मा सुरु गरिएको हो ।
सदस्यता लिएपछि Yandex आधारित @sriyog.com इमेल उपलब्ध हुनेछ ।

Verified प्रोफाइलहरुलाई Facebook पेजमा ब्यानर, एपमा ब्याच, Visibility वृद्धि र डिजिटल मार्केटिङ्गमा प्राथमिकता दिइनेछ ।
SRIYOG एप प्रकाश इन्फोशिस प्रा.लि. द्वारा Chamber of Industries Morang अन्तर्गत सञ्चालनमा रहेको हो ।
सदस्यता लिएपछि एक वर्ष निःशुल्क डिजिटल प्रोफाइल र इमेल, त्यसपछि रु १,९९९ मा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ ।
सेवा लिने र दिनेबीच कुनै बिचौलिया बिना सीधा समझदारीमा आधारित डिजिटल सेवा प्रदान गर्ने उद्देश्य रहेको छ ।